
भारतका प्रख्यात योग गुरुको साता व्यापी नेपाल भ्रमणको क्रममा काठमाण्डौको गोठाटारमा गत १६ गते देखी सुरु भइरहेको कृष्ण प्रणामी धर्म महोत्सव एवम नवतन धाम समुदघाटन कार्यक्रममा कृष्ण प्रणामी धर्म सेवा समिति नेपालको तर्फ बाट सम्मान गरीएको छ ।
धार्मीक महोत्सवमा बोल्दै योग गरु रामदेवले –‘ भगवान कृष्णको जन्म असुरहरुको बध गर्नको लागी भएको थियो ।’ उनले भने ।‘ के असुरहरुको बध भयो त ? ’ उनको प्रश्न थीयो । ‘ त्यो हाँम्रो शरिरमा प्रवेश गरेको छ । हामी मांसाहारी हुन्छौ , धुम पान गर्छाै , अहंकार गर्छाै यो हाम्रो शरिमा प्रवेश गरेको असुर हो । यसलाई हामीले बध गर्नु जरुरी छ । योग विनाको जीवन अधुरो हुन्छ । त्यसैले सम्पृर्ण नेपालीहरुले योग गरेमा गरीवी , अशान्ती स्वतह हटने छ र सबै नेपाली योगी हुन सके स्थायी शान्ति र स्वस्थ्य राष्ट्र रहने विस्वास रहेको उहाँले बताएका थिए ।
सो समाराहमा कृष्ण प्रणामी धर्ममहोत्सव प्रती प्रशंसा गर्दै कृष्ण प्रणामी समाज अहिंशा , साहाकारी , धुम्रपान मध्यपान रहित सिद्धान्त अवलम्बन गरेकोमा आफुले पहिल्यै थाहा पाएको थिए । अहिले लाग्छ म यो ठाँउमा पहिल्यै आउनु पर्ने थियो । भन्दै उहाँले यस समाज प्रती आभार व्यक्त गर्नु भयो ।
कृष्ण प्रणामी समाज प्रती आफु पहिले देखीनै परिचित हुँदा हुदै पनि जीवनकै पहिलो पटक यस समाजमा सहभागी हुन पाएकोमा उनले खुसी व्यक्त गर्दै जगत गुरु कृष्ण मणिजी माहाँराज प्रती आभार व्यक्त गर्नु भयो ।
नेपालमा जन्मीएर भारतमा योगको प्रचार प्रसारमा लाग्नु भएका आचार्य वालकृष्ण लाई पनि सो कार्यक्रममा सम्मान गरीएको थियो । साथै बरीष्ठ उद्योग पति एवम पृर्व एनआरएनका अध्यक्ष उपेन्द्र महतो लाई पनि सम्मान गरीएको थियो ।
सोही क्रममा बोल्दै आचार्य वाल कृष्णले नेपालमा योग केन्द्रहरु स्थापना गर्न लागीएको र यसले नेपालीहरुलाई निरन्तर कर्म पथमा लागेर समृद्धि प्रप्त गर्न मद्धत पुग्ने बताउनु भएको थियो । नेपालमा रहेको जल , थल र प्रकृतीको भरपुर उपयोग गर्न सके नेपालको गरीवी स्वतह हटने उनको धारणा थियो ।
कार्यक्रमा आचार्य बाल कृष्णले नेपाली भाषामा आफ्नो प्रवचन दिदै विश्वमै नेपालीहरु श्रद्धा भक्ती र योगमा अगाडी रहेको हुँदा नेपालीहरुको भविश्य उच्वल रहेको उनले बताउनु भयो । उक्त जगतगुरु कृष्ण मणिजी माहाँराजले कृष्ण प्रणामी धर्मले जात पात , उच्च निचको भेदभावलाई अन्त्य गर्दै सम्पुर्ण मानवहरुको सेवा गर्नु नै धर्म हो भन्ने भावनाको बाट आराद्यदेव कृष्णको पुजन गर्ने बताउनु भयो । उहाँले नवतन धाम बाट हिन्दु धर्मको प्रचार प्रसार गर्दै अहिंसा र शान्तीको केन्द्रविन्दु बन्ने जानकारी गराउनु भयो ।
काक्रममा योग गुरु रामदेवले वितकको अंग्रेजी अनुवादको विमोचन समेत गरेका थिए । साथै विभिन्न धार्मीक पुस्तक एवम भजनका क्यासेटहरुको पनि विमोचन गरीएको थियो । कृष्ण प्रणामी सेवा समितिका अध्क्ष हरिकेशव फुयालको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा १०८ मोहन प्रियाचार्यजी माहाँराज , टहल किशोरजी माहाँराज , रमेश पौडेलले बोल्नु भएको थियो । सो समारोहमा कृष्ण प्रणामी बाइजुराज महिला समितिबाट अथितिहरुको सम्मान गरीएको थियो ।