श्रीकृष्ण प्रणामी धर्म महोत्सव
श्री नवतनधाम समुद्घाटन
तथा
१२०० तारतमसागर (पारायण) ज्ञानयज्ञ –२०६६
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल
प्रेस बिज्ञप्ति
प्रेस बिज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
प्रणाम
श्री पशुपतिनाथ, गुहेश्वरी तथा बौद्ध जस्ता महत्वपूर्ण धार्मिक क्षेत्रको नजिक श्रीकृष्ण प्रणामी सेवा समिति द्धारा यस नवतनधाम निर्माण भएको छ । यस नवतनधामलाई धार्मिक एवं सामाजिक सेवाको प्रेरक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप प्रथम चरणमा श्रीकृष्ण प्रणामी मन्दिर, बालाश्रम, बृद्धाश्रम, अतिथि आवास, पाठशाला एबं भोजनगृह, गौशाला, योग ध्यान केन्द्र तथा प्रवचन कक्षको निर्माण सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी समाजमा देशका विभिन्न ठाउंमा १२५ भन्दा बढि स्थानिय मठ मन्दिर, आश्रमा आदि संचालनमा रहेकोमा यस नवतनधामलाई केन्द्रिय धमाको रुपमा स्थापित गरिएको छ । नवनिर्मित नवतनधामको समुद्घाटन श्रीकृष्ण प्रणामी धर्मका आद्यपीठाधिश्वर जगदगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज तथा अन्य विशिष्ट गुरुजनहरुकोे सान्निध्यमा देश बिदेशका सन्त महन्त एवं हजारौ भक्तजनहरुको सहभागितामा यहि २०६६ चैत्र १६ गते देखि २२ गते ( मार्च २९,२०१०— अप्रिल ४, २०१०) सम्म श्रीमत्तारतमससागरको १२०० साप्ताहिक परायण सहित श्रीकृष्ण प्रणामी धर्म महोत्सवको रुपमा आयोजना हुन गईरहेको कुरा अपार हर्षका साथ जानकारी गराउदछौं । राष्ट्राध्यक्ष्य एवं अन्य विशिष्ट ब्यक्तिहरुलाइ यस कार्यक्रममा सहभागिताको लागि अनुरोध गरिएको छ ।
कार्यक्रमको लक्ष्य र उद्देश्य
नवतनधामको बिधिवत समुद्घाटनका साथै यस महोत्सवको लक्ष्य एबं उद्देश्य निम्निानुसार रहेका छन्
१. देशमा शान्ति, मैत्री सदभाव र प्रेमको वातावरण अभिबृदि गर्न मद्दत पु(याउनु ।
२. नेपालको गौरवमय संस्कृतिको प्रवर्धन गर्नु ।
३. अध्यात्मिक मार्गबाट सामाजिक, संस्कृतिक र पर्यटन विकासमा मद्दत पु(याउनु ।
महोत्सवमा हुने कार्यक्रम तथा सोको व्यवस्थापन
दैनिक हजारौ भक्तजन, पर्यटक र सर्वसाधारणको सहभागिता हुने यो वृहत महोत्सव विाहन ७ बजे देखि राति ९ बजे सम्म बिभिन्न कार्यक्रमका साथ ७ दिनमा सम्पन्न हुने छ । जस्मा १२०० ब्रम्हमूनीहरु द्वारा श्रीमत्तारतमससागरको वाचन, अध्यात्मिक तथा सामाजिक महत्वका प्रवचन, गोष्ठी, सन्त सभा, भजन किर्तन, साँस्कृतिक कार्यक्रम, योग तथा स्वास्थ्य परीक्षण आदि कार्यक्रम व्यवस्थित तरिकाले सम्पन्न गर्न बिषिष्ट महानुभावहरुको संयोजकत्वमा श्रीकृष्ण प्रणामी सेवा समिति मूल आयोजक समिति अन्तर्गत २३ वटा बिभिन्न उपसमितिहरु गठन गरिएको छ । आवासिय महोत्सवको यस सात दिने कार्यक्रममा निशुल्क भोजन, आवासका साथै बिशेष कार्यक्रम, प्रवचन र सन्त सभाका लागि पंडाल तथा विशेष कक्षहरुको व्यवस्था गरिएकोे छ । कार्यक्रम सफल पार्न यातायात, विद्युत, पानी, सूरक्षा, आकस्मिक स्वास्थ सेवा आदिको व्यवस्थापन उपयुक्त रुपले गर्नको लागि आवश्यक व्यवस्था मिलाइएको छ ।
..........................
मदनकृष्ण शर्मा
(संयोजक)
आयोजक समिति
यस अवसरमा गरिने कार्यक्रमहरु
मिति कार्यक्रम समय
२०६६ चैत्र १४ गते शनिबार मोटरसाइकाल र्याली विहान ८ः ३० बजे , तीनकुनेबाट
२०६६ चैत्र १५ गते आइतवार १२०० कलश शोभा यात्रा ११.०० वजे देखि , नवतनधाम,गोठाटार
२०६६ चैत्र १६ गते सोमवार नवतनधाम मन्दीरको समुदघाटन ०८.०० वजे देखि १.०० वजे सम्म
तथा १२०० पारायण शुभारम्भ ( सम्माननीय राष्ट्रपति रामवरण यादव तथा
जगतगुरु श्रीकष्णमणीजी माहाराजबाट
२०६६ चैत्र १७ गते मंगलवार विषेश प्रवचन दिनको ३ ०० बजे
२०६६ चैत्र २२, आइतबार पारायण पूर्णाहुति एवं समापन १०.०० वजे देखि १२.०० वजे सम्म
दैनिक कार्यक्रमहरु
दैनिक आरती मिति २०६६ चैत्र १६—२२ विहान ९ वजे
विहानको विशेष प्रवचन मिति २०६६ चैत्र १६—२२ विहान ९.३० देखि १२.३० सम्म
सम्मान कार्यक्रम मिति २०६६ चैत्र १६—२२ दिउस १२ः३० देखि १ बजे सम्म
दिउसोको प्रवचन मिति २०६६ चैत्र १६—२१ दिउसो ०३.०० देखि ०५.०० सम्म्
सन्ध्या आरती मिति २०६६ चैत्र १६—२१ साझ ०६.०० देखि
भजन कीर्तन एव अन्य मिति २०६६ चैत्र १६—२१ साझ ०७.०० देखि ०९.०० सम्म
सांस्कृतिक कार्यक्रम
अन्य कार्यक्रम
योग तथा प्रणयम मिति २०६६ चैत्र १७—२२ विहान ०५.३० देखि ०६.३० सम्म
स्वास्थ्य परिक्षण मिति २०६६ चैत्र १७—२१ दिउसो १२.०ं० देखि ०५.०० सम्म
रक्तदान सिविर मिति २०६६ चैत्र २१ विहान १०.०० देखि ०४.०० सम्म