Nautandham.............  |   कलशयात्रा कार्यक्रम  |   Invitation  |  

  Shree Krishna Pranami Sewa Samiti

 
Untitled Document

About us

श्री कृष्ण प्रणामी सेवा समिति नेपाल

१२०० तारतमसागर (पारायण) ज्ञानयज्ञ –२०६६

नवतनधाम

Photo Gallery

श्री कृष्ण प्रणामी बाइजु राज समिति

श्री कृष्ण प्रणामी यूवा परिषद नेपाल

Temple Location

Philosophy

Scriptures

Invitation

सास्कृतिक समिती

Bani Bhajan

फोटो

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले

Videos

चैत्र १८ मङ्गल पुरस्कार टहलदास सिवाकोटीलाई

असुर हाँमं्रो शरिर भित्र प्रवेश गरेको छ – रामदेव

CONTACT US

Shree Krishna Pranami Sewa Samiti

Navtandham, Gothatar-2, Kathmandu, Nepal.

Phone No. 977-01-4991850

 

  WELCOME TO Shree Krishna Pranami Sewa Samiti

Shree Krishna Pranami Sewa Samiti > समाचार

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित श्री कृष्ण प्रणामी धर्म महोत्सवले राष्ट्र«लाई शान्ति, अहिशा र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विचार ब्यक्त गर्नु भयो । सो अवसरमा राष्ट्रपतिबाट हिन्दुधर्म भित्र रहेका छुवाछुत , जातिपाति को भेदभाव हटाई  धार्मिक सहिष्णुता कायम गर्नु अहिलेको प्रमुख आवश्यता भएको बताउनु भएको छ । श्रीकृष्ण प्रणामी धर्म महोत्सवको आज राजधानीको गोाठाटारमा नवर्निमित  नवतनधामको समउद्घाटन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको छ । सो अवसरमा उहाँले लोकतन्त्रलाई संस्थागत गरि शान्ति प्रक्रीयालाई अगाडि बढाउन धार्मिक एकता जरुरी रहेको समेत सो अवसरमा उहाँले बताउनु भएको थियो । भौतिक निर्माण पुर्वाधार विकास र पर्यटन वृद्धिमा नवतन धाम मन्दिरले सहयोग  पु¥याएकोमा खुसी  व्यक्त गर्नु भएको थियो ।  
श्री कृष्ण प्रणामी धर्म महोत्सवको उद्घाटनकै क्रममा उहाँले देशमा रहेका मधेशी, पहाडी र हिमाली सबै हामी नेपाली भन्ने भावना लिनु पर्ने समेत वताउनुभयो । सो अवसरमा श्री कृष्ण प्रणामी धर्मले समाजसेवा एवं धर्म संरक्षणको लागि समर्पीत भएर कार्य गर्ने छ भन्ने विस्वास रहेको  बताउनुभयो ।
सताहव्यापी रुपमा सञ्चालन हुने सो महोत्सवको उदघाटन कार्यक्रममा बोल्दै  जगतगुरु श्री १०८ कृष्णमणिजी महाराजले नव निर्मीत नवतन धाम नेपालमा केन्द्रीय धामको रुपमा रहने बताउदै यहि चैत्र १६ देखी २२ सम्म आयोजना भएको  कृष्ण प्रणामी धर्म महोत्सबले राष्ट्रमा शान्ती ,अहिंसाको सन्देश दिने बताउनु भयो । सो अवसरमा गूरुजी श्री १०८ मोहन प्रीयाचार्य महाँराजले कृष्ण  प्रणामी धर्म उदारवादी र सबैमा समान धारणा राख्ने धर्म भएकोले यस धर्ममा छुवाछुतको भेदभाव नरहने बताउनु भयो । यसै क्रममा भागवातार्चा श्री १०८ सदानन्दजी महाराजले कृष्ण प्रणामी समाजबाट धेरैनै समाज सेवाको कार्यहरु गर्दै आएको बताउनु भयो । आयोजक समीतीका अध्क्ष हरिकेशव फुयालको सभापतित्वमा  आयोजीत उक्त कार्यक्रममा नवतनधाम निर्माण समितीका अध्क्ष मदन कृष्ण सर्मा बाट कार्यक्रको बारेमा बृस्तृत रुपमा जानकारी गराइएको थियो । महोत्सवको अवसरमा स्वदेश एवम तथा विदेश बाट आउने भक्तजनहरुलाई सुत्न र खानाकोलागी निशुल्क व्यवस्था समेत मिलाइएको छ । दैनिक ३०००० धर्मावलम्वीहरुले यस मन्दीरको दर्शन गर्न र सप्ताह व्यापी महोत्सवमा ३ लाख भन्दा बढि यस धार्मीक महोत्सवमा सहभागी हुने अपेक्षा गरिएको छ ।  सप्ताह व्यापी धार्मिक महोत्सवको अवसरमा भोली (चैत्र १७ गते ) स्वामी रादेवजीकोउपस्थिती रहने छ भने अन्य दिनहरुमा विभिन्न राजनैतिक दलमा प्रमुख नेताहरुको उपस्थिति रहने छ ।
यस धार्मिक महोत्सवको उद्घाटनको  पूर्व सन्ध्यामा हिजो कलश यात्रा र अस्ती मोटर साइकल ¥यालीको आयोजना गरिएको थियो ।यस महोत्सवको अवसरमा विभिन्न देश बाट आउनु भएका १२०० जना ब्रम्हमुनीहरुले तारतम वाणीको पाठ गरिरहनु भएको छ ।
धर्मिक महोत्सवको अवसरमा प्रत्येक दिनमा विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रमको आयोजना समेत गरिने भएको छ ।
 




 
Copyright @ Shree Krishna Pranami Sewa Samiti  2010 ,All Right Reserved